arrow

पिर्के सलामी खाएका गृहमन्त्रीले भने- प्रोटोकल भत्काउन सक्दिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
ravi-lamichane-new-party-register-apply.jpg

काठमाडौं ।  प्रहरीको पिर्के सलामी खाएपछि विवादमा परेको गृहमन्त्री रवि लामिछानेले  कुनै पनि संस्थाको प्रोटोकल भत्काउन आफूले नसकिने बताएका  छन् । पछिल्लो समय नेपाल प्रहरीको कार्यक्रममा   पिर्के सलामी खाएपछि लामिछाने विवादित बनेका थिए ।  

उनले भने 'संस्थाको आफ्नै प्रोटोकल हुन्छ, त्यो म भत्काउन सक्दिन। म व्यक्ति ठूलो होइन। आफ्नै प्रोटोकल नभत्काउनुस्। मैले भनेकै छु, मलाई केही चाहिँदैन। देखाउनका लागि होइन।'

नेपाल प्रहरीको जिम्मेवारी आम नागरिकको सुरक्षा दिने भएको बताउँदै नागरिकको सुरक्षामा कुनै पनि कसर बाँकी नराख्न प्रहरीलाई उनले निर्देशन दिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ