arrow

पोखरा विश्वविद्यालयको समस्या तत्काल समाधान गर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
pokhara-congres-kaski.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीले पोखरा विश्वविद्यालयको पछिल्लो गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी सभापति किशोरदत्त बरालले एक विज्ञप्ति जारी गरी विश्वविद्यालयमा विश्वविद्यालय प्रशासन र विद्यार्थी बीच भइरहेका गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सो समस्या तत्काल समाधान गर्न आग्रह गरे ।

विविध माग राखेर नेविसंघसहित विद्यार्थी संगठनहरुले आन्दोलन शुरु गरेका थिए । त्यसपछि विश्वविद्यालय प्रशासनले झुट्टा मुद्धा लगाएर आफूहरुलाई फँसाउने काम गरेको विद्यार्थी संगठनहरुको आरोप छ । 

विद्यार्थीका जायज माग पूरा गरी विद्यार्थीलाई उत्साहित बनाउँदै शैक्षिक वातावरण निर्माण गर्नुपर्ने अवस्था सबैपक्षबाट महसूस भएकाले भन्दै सभापति बरालले विश्वविद्यालय प्रशासन गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । 

विद्यार्थी संगठनहरु विद्यार्थीका हक, हितका लागि विश्वविद्यालयका विसंगति, बेथिति, शुल्क वृद्धि र शैक्षिक सुधारका लागि अग्रसर बन्नु र माग राख्नु स्वभाविक विषय भएको उनले स्पष्ट पारे ।

विश्वविद्यालय प्रशासन र विद्यार्थीको सामूहिक प्रयासबाट मात्रै विश्वविद्यालयको विकास र शैक्षिक गुणस्तर सम्भव हुने भएकाले दुवै पक्ष गम्भीर बनेर एकअर्कालाई सम्मान गर्दै अघि बढ्नसमेत उनले आग्रह गरे ।

‘समस्या समाधानका लागि वार्ता र छलफल भन्दा अर्काे राम्रो विकल्प केही छैन’, विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीलाई विश्वासमा लिएर समयमा नै संयमित भइ सहमति, सहकार्य र एकताबाट समस्या समाधान गर्न विश्वविद्यालयको ध्यानाकर्षण गराउँछौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ