arrow

गण्डकीमा वीपी स्मृति पुस्तकालय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
BP Libruary.jpg

पोखरा । वीपी स्मृति पुस्तकालय गण्डकी प्रदेश जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको छ । संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम संस्था दर्ता गरिएको नेपाली कांग्रेस गण्डकीले जनाएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले नेपाली कांग्रेस गण्डकी प्रदेशका पार्टी सभापति एवं पुस्तकालयका संरक्षक शुक्रराज शर्मा, महामन्त्री एवं संरक्षक विष्णुप्रसाद लामिछाने लगायतको उपस्थितिमा पुस्तकालयका अध्यक्ष एवं प्रवक्ता माधवप्रसाद बास्तोला मधुलाई संस्था दर्ता प्रमाणपत्र हस्तान्तरण गरे ।

वीपीका राजनीतिक एवं साहित्यिक दस्तावेज, विभिन्न खोज तथा अनुसन्धानात्मक कृतिको संग्रहसँगै प्रदेशकै एउटा अध्ययनको केन्द्रका रुपमा पुस्तकालय सञ्चालन गर्ने लक्ष्य लिइएको पार्टी सभापति शर्माले जानकारी दिए । ‘पुस्तकालय वीपीका सम्बन्धमा शोध तथा अनुसन्धान गर्नेका लागि पनि महत्वपूर्ण गन्तव्य हुन सक्छ’, उनले भने ।

पुस्तकालयसँगै कांग्रेसले ५० लाख रुपैयाँको अक्षयकोष स्थानपनाको लक्ष्य लिएको छ । सो अक्षयकोषबाट प्रजातन्त्रका लागि विशिष्ट योगदान पुर्याउने गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट ११ जनालाई वार्षिकरुपमा २५ हजार रुपैयाँ नगदसहित सम्मान गर्ने योजनामा पार्टी रहेको पुस्तकालयका कोषाध्यक्ष शिरोमणि बरालले जानकारी दिए ।

पार्टी प्रदेश समितिको अगुवाइमा पार्टीका पदाधिकारीहरु संरक्षक रहने गरि स्थापित पुस्तकालयको तदर्थ समितिको अध्यक्षमा माधव प्रसाद बास्तोला, प्रा.डा. कुसुमाकर न्यौपाने उपाध्यक्ष, सूर्यबहादुर क्षेत्री सचिव, शिरोमणि बराल कोषाध्यक्ष, कविता तिवारी सहसचिव र सदस्यहरुमा कमल सापकोटा, दीपेन्द्र पराजुली, डा. रघुराज काफ्ले, शोभा अधिकारी, शकुन्तला शर्मा, रमेश अधिकारी, अरुण राज पौडेल, पदमबन्धु पोखरेल, दिपक रेग्मी र पदम श्रेष्ठ छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ