arrow

चिसोले कैलालीमा जनजीवन प्रभावित (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३० शनिबार
winter-kailali-nepal-cold.jpg
तस्बिर : नेपाल फोटो लाइब्रेरी

कैलाली। कैलालीमा चिसोले जनजीवन प्रभावित भएको छ। कैलालीमा मङ्गलवार देखी शीत लहर र बाक्लो हुस्सु लागेका कारण चिसो बढेको छ। कैलालीमा बिहानैदेखि शीत लहर सँगै पश्चिमबाट चिसो बतास चलिरहेको छ भने हुस्सुका कारण धनगढी लगायतका क्षेत्रमा घाम लाग्न सकेको छैन। घाम नलाग्दा तापक्रम अझै घट्दै गएको छ। चिसो बढेपछि जनजीवन प्रभावित भएको छ।केही दिनदेखि भइरहेको शीतलहरूका कारण चिसो बढ्दै गएको हो।

चिसो बढेपछि मान्छेको दैनिकीसमेत प्रभावित हुन थालेको छ। चिसोले गर्दा बालबालिका, ज्येष्ठ नागरिक, मजदुर, निम्न वर्ग र सीमान्तकृत समुदायका व्यक्ति प्रभावित भएका छन्। चिसोले अहिले सबैभन्दा बढी समस्या विद्यार्थीलाई भइरहेको छ। उनीहरू कठ्याङ्ग्रिँदै विद्यालय गइरहेका छन्।

कुहिरोसँगै चल्ने चिसो हावाले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन्। बजारमा चहलपहल कम भएको छ। सधैँ जसो भिडभाड हुने सरकारी कार्यालयमा पनि चिसोका कारण सेवाग्राही पातलिएका छन्।

बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन्। साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार समसाँझै सुनसान हुन थालेका छन्।

यस्तै धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्माले चिसोमा रोटा भाइरसका कारण बच्चालाई भाइरल डायरिया हुन सक्ने सम्भावना रहेको उल्लेख गरे। त्यसैले चिसोमा बच्चा, वृद्ध वृद्धाको एकदमै ध्यान दिई चिसो लाग्नबाट जोगाउन आवश्यक रहेको बताए।

Winter-Kailali-Nepal Photo Library 6.jpg
Winter-Kailali-Nepal Photo Library 7.jpg
Winter-Kailali-Nepal Photo Library 8.jpg
Winter-Kailali-Nepal Photo Library 9.jpg
Winter-Kailali-Nepal Photo Library 10.jpg
Winter-Kailali-Nepal Photo Library 11.jpg
Winter-Kailali-Nepal Photo Library 12.jpg
Winter-Kailali-Nepal Photo Library 13.jpg
Winter-Kailali-Nepal Photo Library 14.jpg
Winter-Kailali-Nepal Photo Library 15.jpg
Winter-Kailali-Nepal Photo Library 16.jpg
Winter-Kailali-Nepal Photo Library 1.jpg
Winter-Kailali-Nepal Photo Library 2.jpg
Winter-Kailali-Nepal Photo Library 3.jpg
Winter-Kailali-Nepal Photo Library 4.jpg
Winter-Kailali-Nepal Photo Library 5.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ