arrow

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट :

मन्त्रीहरूको शपथका लागि शीतल निवासमा तयारी  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
sital-niwas.jpeg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । 

मन्त्रिपरिषद्को विस्तार गर्न लागेकाका प्रधानमन्त्री दाहाल आज बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार नवनियुक्त मन्त्रीको पद तथा गोपनियताको शपथका लागि अपराह्न ३ बजेका लागि तयारी गरिएको छ । 

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् ।  

राष्ट्रिय स्वतन्त्र पार्टी र जनमोर्चाबाहेक ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी छ ।

कांग्रेस ८, एस र जसपा २-२, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आजपा १-१ मन्त्रालय लिएर सरकारमा जाने भएका छन्। 

सरकारमा रहेका माओवादीले ५ र जनमतको भागमा १ मन्त्रालय रहेको छ।

बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने बताइए पनि अन्तिममा छलफल नसकिएको भन्दै आजका लागि सारिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ