arrow

यती दुर्घटना : अनावश्यक भीडले दुर्घटनास्थलबाट उद्धारमा कठिनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
yati-airlines-crash-pokhara-2079-10-01.jpg

गण्डकी । पोखरामा आज बिहान भएको यती एयरलायन्सको विमान दुर्घटनास्थलमा सर्वसाधारणको अत्यधिक भीडका कारण उद्धारमा समस्या भएको छ ।
    
उद्धारमा खटिएका सवारीसाधनलाई ट्राफिक अस्तव्यस्त बन्दा दुर्घटनास्थलमा पुग्न हम्मेहम्मे भएको सुरक्षाकर्मी बताउँछन् । पोखराको पृथ्वीचोकबाट सेती नदीको किनारै रहेको बाटोका साथै बुद्धचोकबाट आगो निभाउनका जाने दमकल एवं पानीका ट्याङ्कर पुर्याउनसमेत समस्या भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताए । 

भिडभाडका कारण दुर्घटनास्थलमा मोबाइल सम्पर्क पनि असहज बनेको छ । अहिलेसम्म ३२ वटा शव निकालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ