भारतको किङ्गफिशर र थाइल्यान्डको नोकपछि यतीले किनेको थियो दुर्घटनाग्रस्त विमान
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
1.4k
Shares
काठमाडौं । आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको ९एन-एएनसी, एटीआर-७२ ५०० विमान दुर्घटना सन् २०१८ मा भएको यूएस बंगला एयरलाइन्सको विमान दुर्घटना झैं खतरनाक दुर्घटना भएको छ।
आज भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ यात्रु र ४ चालक दलका सदस्यसहित ७२ जना सवार थिए। दुर्घटनामा अहिलेसम्म ३५ जना भन्दा बढीको ज्यान गएको बताइएको छ।
२०१८ को मार्च १८ मा बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडान भरेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको थियो। जहाजमा सवार ७१ जनामध्ये ५१ जनाले ज्यान गुमाएका थिए।
१५ वर्षदेखि सञ्चालनमा
फ्रान्स र इटालीमा एटीआर विमान निर्माता कम्पनीले बनाएको यो विमान १५ वर्षदेखि सञ्चालनमा रहेको थियो। सुरुमा सन् २००७ मा भारतको किंगफिसर एयरलाइन्सले भीटी-केएजेको नाममा रजिस्टर गर्दै चालनमा ल्याएको थियो।
टाँट पल्टेको किंगफिशरपछि यो विमान सन् २०१३ मा एचएस-डीआरडी नाममा रजिस्टर हुँदै थाइल्याण्डको नोक एयरलाइन्सले सञ्चालनमा ल्याएको थियो।