arrow

यती दुर्घटना : ६४ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
gandaki-hospital-yeti-passenger-relatives-2023.jpg

पोखरा। आइतबार बिहान भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ६४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको छ। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीका अनुसार एक बच्चासहित ६४ जनाको शव अस्पतालमा रहेका छन्। जस मध्ये पाँचको सनाखत भएको छ भने शव नचिनिने अवस्थामा रहेकाले पहिचान गर्न कठिनाइ भइरहेको उनले जानकारी दिए।

अस्पताल परिसरमा मृतकका आफन्त र नातेदारहरूको भीड लागेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार  निशान्त आचार्य, सङ्गीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ