arrow

हिँड्दा-हिँड्दै पर्यटकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २ सोमबार
death photo.jpg

मनाङ । मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा आएका एक पर्यटकको मृत्यु भएको छ ।

कोरियन पर्यटक ५३ वर्षीया जोनसिनको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । 

अन्नपूर्ण पदमार्गअन्तर्गतको थोराङपासको दुई सय मिटर तल कोरियन पर्यटक मृतावस्थामा भेटिएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालका अनुसार उहाँ कुनै एजेन्सीसँग समन्वय नगरी एक्लै मनाङ भ्रमणमा आएको पत्ता लागेको छ ।

 “जोखिम यात्रामा कुनै पोर्टर, एजेन्सीसँगको समन्वय विना आउँदा अप्रिय घटना घट्ने गरेको छ, पर्यटकले बुझेर आएमा बचाउन सकिने थियो”, उनले भने ।

पर्यटकको उद्धारमा गएका प्रहरी टोली लेक लागेर बाटोबाटै फर्किएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ