arrow

मन्त्रिपरिषद् विस्तार हुँदै, मन्त्रालय हेरफेर हुन सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
prachanda-cabinet-2079-09-25.jpg

काठमाडौं । आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । सोमबार साँझ चार घण्टा बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको हो ।मन्त्रिपरिषद् मा थपिएका नयाँ मन्त्रीहरूले आजे शपथ लिँदै छन् ।

आज दिउँसो १ बजे नयाँ मन्त्रीहरूले शपथ लिने छन् । मन्त्रालयको भागबण्डा गरेसँगै नयाँ मन्त्रीहरू नियुक्त गर्ने र शपथ गराउने काम अघि बढ्ने भएको हो।

सत्ता साझेदार दलको  सहमति अनुसार राष्ट्रपति र सभामुख एमालेले पाउने भएको छ । माओवादी केन्द्रले प्रधानमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । 

एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राप्रपाले पनि तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएका छन् । राप्रपाले उपप्रधानमन्त्री पनि पाउने भएको छ ।

मन्त्रीहरूको नाम आजै टुङ्गो लाग्नेछ । बाँडफाँट पार्टीहरूमा छलफलपछि केही परिवर्तन हुन सक्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन्।उनका अनुसार बालुवाटार सहमतिपछि पार्टीहरूमा आउने सुझावले कतिपय मन्त्रालय परिवर्तन हुन सक्नेछ। त्यो आपसी समझदारीमै परिवर्तन गर्न सकिने र तर सत्ता साझेदार दलहरूको बैठक बस्नु नपर्ने उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ