arrow

नहरमा डुबेर वीरबहादुर थापाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
death photo.jpg

सुनसरी । बराहक्षेत्र-७ बत्तीस आरडीस्थित सुनसरी-मोरङ सिँचाइ आयोजना नहरमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० वर्षीय वीरबहादुर थापा (हिमाल) रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बत्तीस पुलबाट नहरमा थापा बेपत्ता भएका थिए । 

नहरमा डुबेर बेपत्ता भएको थाहा पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीय खोजीकार्यमा लागिपरेका थिए ।

बेपत्ता भएको करिब दुई घण्टापछि एक किलोमिटर टाढा सेरेचोक नजिक शव भेटिएको थियो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ