arrow

रविले टुङ्गाए मन्त्रीको नाम : शिशिर, डिपी र तोसिमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
rabi-lamichhane-rsp-parliament-home-minister.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई मन्त्री र एक राज्यमन्त्रीको टुङ्गो लगाएको छ । सत्ता भागबण्डामा रास्वपा तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ ।

रास्वपाले गृह मन्त्रालय , शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र एक राज्यमन्त्री पाएको छ ।

उपप्रधान तथा गृहमन्त्री भएर पार्टी सभापति रवि लामिछाने यसअघि नै सरकारमा सहभागी भइसकेका छन् । 

अब शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिशिर खनाललाई पठाउने भएको छ । भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा डोलप्रसाद अर्याल (डिपी) लाई पठाइने भएको छ । त्यस्तै स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीको नाम फाइनल भएको छ ।

आज पार्टी सभापति लामिछानेको नेतृत्वमा बसेको पार्टी बैठकले उक्त निर्णय गरेको हो । नवनियुक्त मन्त्रीहरूको शपथ आज दिउँसो १ बजे हुँदै छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ