arrow

यी हुन् शपथ लिएका नवनियुक्त मन्त्रीहरू

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
new-ministers-new-cabinet.jpg

काठमाडौं। नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा शपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्रीमा राजेन्द्र लिङ्देनसहित अन्य दलका मन्त्रीहरूलाई शपथ खुवाएकी हुन्।

शपथ लिएका मन्त्रीहरू मा नेकपा एमालेबाट परराष्ट्र मन्त्रीमा विमला राई पौडेल, स्वास्थ्य मन्त्रीमा पदम गिरी, महिला बालबालिका मन्त्रीमा भगवती चौधरी र रक्षा मन्त्रीमा हरि उप्रेती रहेका छन्।

यस्तै माओवादी केन्द्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा, संस्कृति तथा पर्यटन मन्त्रीमा सुदन किराँती, सामान्य प्रशासन मन्त्रीमा अमनलाल मोदी र पर्यटन राज्यमन्त्रीमा सुशीला श्रीपाली रहेकी छन्।

रास्वपाबाट श्रम मन्त्रीमा डोलप्रसाद अर्याल, शिक्षा मन्त्रीमा शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा तोसिमा कार्कीले शपथ लिएका हुन् । र राप्रपाबाट उपप्रधान तथा ऊर्जा मन्त्रीमा राजेन्द्र लिङ्देन, कानुन मन्त्रीमा ध्रुवबहादुर प्रधान र सहरी विकास मन्त्रीमा विक्रम पाण्डेले शपथ लिएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ