- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत भवन परिसर अगाडि गिरीकी श्रीमतीले प्रदर्शन गरेकी छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको जाहेरी परेको छ । गिरीमाथि कारबाही प्रक्रिया अघि नबढेको भन्दै गिरीकी श्रीमतीले मङ्गलवार सर्वोच्च अदालत अगाडि कालो कपडा लगाएर कपाल फाल्दै प्रदर्शन गरेकी छिन् ।
प्रदर्शनमा सहभागी बिनु यादवका अनुसार धेरै पटक न्यायपरिषदमा कारबाही प्रक्रियाका लागि धाउँदा पनि आफूहरूको कुनै कुरा सुनुवाइ नभएको बताइन् । उनले आफ्ना माग आलटाल गरेका कारण प्रदर्शनमा उत्रनुपरेको बताइन्।