arrow

सिधा र स्पष्ट कुरा राख्ने किराँती मन्त्री बने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
sudan-kirati(1).jpg

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य सुदन किराँती मुलुकको ४०औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन्  ।

पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा हर्क गुरुङ पर्यटन राज्यमन्त्री भएका थिए । त्यसयता मुलुकले ४० जना पर्यटनमन्त्री पाइसकेको छ । विसं २०३५ मा भोजपुरको अ‍ेख्रेमा बुबा हर्कबहादुर राई र आमा रक्षा कुमारीको कोखबाट जन्मिएका राई भोजपुरबाट तीन पटक (विसं २०६४, २०७४ र २०७९) मा सांसद बनेका थिए ।
 
भूइँमान्छेको पहिचान बनाएका राई स्थानीय परिभेषमा घुलमिल हुने र जनताको सुख दुःखमा साथसाथै रहने कार्यशैलीले उन जनतामाझ स्थापित छन् । सिधा र स्पष्ट कुरा राख्ने किराँती राजनीतिमा पनि निकै काबिल छन् । राजनीतिक यात्रामा पदीय जिम्मेवारीको इमान्दारिता, संसदीय यात्रामा जनताको जिम्मेवारीतालाई कुशलतापूर्वक भूमिका निर्वाह गरेका किराँती जनजाति सांसदमा बेग्ले लवज र जनतासँग घुलमिल भएर जीवन्त अभ्यासले उनको राजनीतिक यात्रालाई ओझिलो बनायो । 

पार्टीमा राम्रो प्रभाव राख्ने नेता भएकाले पनि सुदन किराँती अघिल्लो पटक नै मन्त्री बन्ने चर्चा थियो । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा  भोजपुरबाट प्रतिनिधिसभाका लागि निर्वाचित भए पनि किराँतीको झनै चर्चा भयो । 

गत पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार गठनभएपछि तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठ ३९औँ पर्यटनमन्त्रीका रुपमा एक सय ८३ दिन काम गरेर बिदा भएका थिए ।

पर्यटनमन्त्रीका रुपमा मन्त्री किराँतीलाई कोभिड–१९ (कोरोना भाइरस) महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउनेदेखि पर्यटन तथा हवाई पूर्वाधार र सेवा सुदृढीकरणका लागि नीतिगत सुधार र रणनीतिक कार्ययोजना बनाउने जिम्मेवारी छ । 

सरकारले पर्यटन पूर्वाधारसहित समग्र विकासका लागि पर्यटन दशक (सन् २०२३ देखि २०३२) को अवधारणा अघि सार्दै रणनीतिक कार्ययोजनाको रुपरेखा सार्वजनिक गरिसकेको छ । 

भ्रमण दशकको प्रभावकारी कार्यान्वयनदेखि पर्यटन क्षेत्रको नीतिगत सुधार गरेर आर्थिक समृद्धिको आधारमध्येको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमन्त्री किराँतीको मुख्य जिम्मेवारी हुनेछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ