arrow

प्रत्येक आधा घण्टामा एउटा झोलुङ्गे पुल : विकासमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
bikram-pandey.jpg

काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले देशभरमा प्रत्येक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गर्न नक्साङ्कन अघि बढाएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीसँग मन्त्री पदको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले झोलुङ्गे पुलसम्बन्धी फाइलमा हस्ताक्षर गरेका हुन् । 

प्राथमिकताका आधारमा काम अगाडि बढाइने भन्दै मन्त्री पाण्डेले अहिलेको आवश्यकता र रोकिएको कामलाई प्राथमिकता दिइने बताए । 

मन्त्रालयअन्तर्गत शुरु भएर अघि बढ्न नसकेका आयोजना कसका कारण अघि बढ्न नसकेको हो भनी बुझेर तुरुन्त अघि बढाउने उनको भनाइ थियो । 

हरेक आधा घण्टामा जनताले झोलुङ्गे पुलबाट खोला पार गर्न पाउन् भनेर झोलुङ्गे पुल निर्माण अघि बढाउन लागिएको मन्त्रालयका सचिव सुरेश आचार्यले बताए। 

पहिले कहाँकहाँ कति आवश्यकता छ भनी नक्साङ्कन गरिने उनको भनाइ छ । तीन वर्षमा सकिने गरी आयोजना अघि बढाउन लागिएको हो । 

उनले भने, “हरेक आधा घण्टामा एउटा पुल हुन कति चाहिन्छ अध्ययन गरेर निर्माण गरिनेछ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ