काठमाडौं । बाल यौन दुरुपयोगका आरोपी पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । यसअघि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको तनहुँ अदालतले बलात्काबरको दाबी नपुगेको भन्दै आज सफाइ दिएको बताइएको छ । अभिनेता शाह हाल तनहुँ कारागारमा छन् ।
जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा शाहले सफाइ पाएका हुन् । शाहविरुद्धको मुद्दामा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, परशुराम गिरी, कृष्णबहादुर थापा र अधिवक्ता भानुभक्त सुवेदीले बहस गरेका थिए ।
एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । शाहविरुद्ध नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी परेको थियो । तनहुँ अदालतको आदेशपछि पनि शाह कारागारबाट निस्कन पाउने छैनन् । शाहविरुद्ध नवलपुर अदालतले सजाय तोकेको छ ।
नवलपुर अदालतले बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै अभिनेता शाहलाई २५ हजार रुपैयाँ जरिवाना, पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो ।