arrow

खेसरीलाल आउँदा सुनसरीमा झडप, प्रहरीसहित पाँच घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
Khesari_Lal_Yadav,_2019.jpg

इनरुवा ।   सुनसरीको बर्जु गाउँपालिकामा–६ मा आयोजित बर्जु महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादव आउँदा झडप भएको छ । 

हरेक वर्ष माघमा हुँदै आएको बर्जु महोत्सवमा अघिल्लो वर्ष माघ ४ गते भारतीय कलाकार यादव आउने कार्यक्रममा झडप भएको थियो । यसवर्ष पनि आज कलाकार यादव सहभागी हुँदा झडप भएको छ । झडपका क्रममा प्रहरीसहित पाँच घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

आयोजकले लिएको प्रवेश शुुल्क महँगो भएको भन्दै केही व्यक्तिले विरोध जनाएपछि झडप भएको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । भीड नियन्त्रण गर्ने क्रममा प्रहरीसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । 

घाइते हुनेमा महोत्सव हेर्नका लागि आएका सीताराम महतो, रञ्जित मेहता र अन्य प्रहरी रहेका छन् । घाइतेको उपचार भइरहेको छ । 

भारतीय कालाकार यादवलाई हेर्नका लागि गएका दर्शकलाई टिकट बिना प्रवेश निषेध गरेपछि विवाद उत्पन्न भएको थियो । विवाद उत्पन्न भएपछि प्रत्यक्षदर्शीमाथि आयोजक समितिबाट खटिएकाले लाठीचार्ज गरेको महोत्सवमा सहभागीले बताएका छन् । 

झडपका क्रममा गम्भीर भएका घाइतेलाई विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ । गत वर्ष पनि सोही ठाउँमा खेसरीलालको कार्यक्रम हेर्न आएका बीच झडप हुँदा ठूलो धनजनको क्षति हुनुका साथै केही दर्शक घाइते भएका थिए । विवादित बर्जु महोत्सव सञ्चालनको अनुमति दिँदा यस्तै समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ