arrow

मृतकको आजदेखि शव परीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
DBG_Kaski-IMG-8476.jpg

काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनामा परेर मृत्यु भएका मध्ये ४८ जनाको शव काठमाडौँ ल्याइएको छ । शवको परीक्षण आज बिहानदेखि शुरु गरिने भएको छ । 

शवलाई अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा राखिएको छ । मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मंगलबार भएकाले परीक्षण शुरु गर्न नसकिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । 

मृतकमध्ये कतिपय व्यक्तिको शव पहिचानसमेत हुन नसकेकाले डिएनएका आधारमा शव पहिचान गरेर परीक्षणपश्चात् एकैपटक मृतकका परिवार तथा आफन्तलाई शव हस्तान्तरण गरिने बताइएको छ ।

यही माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटना भएको थियो । शव मंगलबार दिउँसो नेपाली सेनाको दुईवटा हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

 दुर्घटनामा चालकदलका सदस्यसहित ७१ जनाको मृत्यु भइसकेको छ । बाँकी एक व्यक्तिको खोजीकार्य जारी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ