arrow

जयशंकरले दिए पौड्याललाई बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
Bimala-S-jayashankar.jpg

काठमाडौं ।  भारतीय विदेशमन्त्री एस जयशंकरले नवनियुक्त परराष्ट्र मन्त्री डा. विमला राई पौड्याललाई बधाई दिएका छन् ।  मंगलबार साँझ सामाजिक सञ्जाल ट्विटरमा जयशंकरले पौड्याललाई बधाई दिएका हुन् ।

उनले लेखेका छन्,' डा. विमला राई पौड्याल नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई ।' उनले पौड्यालको कार्यकालमा सहकार्यका लागि प्रतीक्षारत रहेको उल्लेख गरेका छन् ।

परराष्ट्र मन्त्रालय सम्हालेसँगै पौड्यालले सीमा विवाद समाधान सम्बन्धी सबैसँग अध्ययन र छलफल गरेर सो विषयमा अघि बढ्ने धारणा व्यक्त गरेकी छन् । नेपालले ‘असंलग्न परराष्ट्र नीति’ अबलब्न गरिने बताएपछि जयशंकरले बधाई दिएका हुन् । 
 
पौड्याल नेकपा एमालेबाट परराष्ट्र मन्त्री बनेकी हुन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ