प्रधानमन्त्रीपछि उपराष्ट्रपति पुगे नेता पुनलाई भेट्न
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
752
Shares
काठमाडौं । अस्वस्थ रहेका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पछि उपराष्ट्रपति नन्दबहादुर पुन पनि अस्पताल पुगेका छन् ।
आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उपराष्ट्रपतिले पुनको स्वास्थ्य लाभको कामना गरेका छन् ।
हिजो प्रधानमन्त्री प्रचण्डले पुनलाई भेटी स्वास्थ्य लाभको कामना गरेका थिए ।
वंशाणुगत जण्डीसबाट पीडित उपमहासचिव पुनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उनको सचिवालये जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन शनिबार रोल्पाबाट हेलिकोप्टरमा काठमाडौँ फर्केर अस्पताल भर्ना भएका थिए।
आजै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्य लाभको कामना गरेका छन् ।