arrow

कांग्रेस नयाँ रणनीतिमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
congress-nc-party-office-hq.jpg

काठमाडौं । आज हुने सभामुखको मनोनयन दर्ताका लागि कांग्रेसले विपक्षी दलहरुलाई समेटेर गठबन्धन बनाएर अघि बढ्ने तयारी थालेको छ । सत्तारुढ दलको साथ नपाउने भएपछि कांग्रेसले विपक्षी दलहरूलाई समेट्ने भएको हो । 

आज बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सल्लाह गरेर निर्णय गर्ने भएको थियो । तर सत्तारुढ दल एमालेले असन्तुष्टि व्यक्त गरेपछि कांग्रेसले अर्को रणनीति लिएको छ । 

कांग्रेस नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टीसहित दलहरूसँग छलफल गरेर उम्मेदवारी दिने तयारीमा छ । 

यता सभामुखमा सत्तारूढ गठबन्धनबाट एमालेले देवराज घिमिरेलाई अघि सारेको छ । घिमिरे सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रूपमा रहने छन्। सभामुख पदमा एमाले र उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने सत्ता साझेदार दलहरूको सहमति भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ