arrow

सागरमाथि उडिरहेको विमानको इन्जिनमा समस्या, आकस्मिक अवतरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
plane-air.jpeg

काठमाडौं । सागरमाथि उडान भरिरहेको एक विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ । 

न्यूजिल्याण्डबाट अष्ट्रेलियाका लागि उडेको क्वान्टास एयरलाइन्सको विमान सिड्नी एयरपोर्टमा आकस्मिक अवतरण गरिएको हो ।
 
अस्ट्रेलिया र न्युजिल्याण्ड बीचको टास्मान सागरमा उडान गर्दा अलर्ट जारी भएको थियो । 

उडान भरेको करिब दुई घण्टापछि विमानको एउटा इन्जिनमा प्राविधिक समस्या देखा परेको एयरलाइन्सले जनाएको छ । 

विमानमा १४५  यात्रु यात्रारत थिए। क्वान्टासको बोइङ ७३७–८०० विमान १४५ यात्रु लिएर न्युजिल्याण्डको अकल्याण्डबाट उडेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ