arrow

आज सभामुख चयन हुँदै, कसको पल्ला भारी ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
ghimire-neupani.jpg

काठमाडौं ।  आज सभामुख चयनका लागि मतदान हुदैछ । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखका लागि मतदान हुने छ ।  बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ ।

सभामुखको उम्मेदवारमा सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरे र प्रतिपक्षका तर्फबाट नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेले हिजो मनोनयन दर्ता गराएका छन् ।

देवराज घिमिरेको एमालेका सुवास नेम्वाङ प्रस्तावक रहेका छन् भने माओवादीका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक रहेका छन् । घिमिरेलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीको समर्थन छ ।

कांग्रेसका उम्मेदवार न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् । भने समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहेका छन् । न्यौपानेलाई नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको समर्थन छ ।

एमालेका घिमिरे सभामुख बन्ने सम्भावना बलियो छ । उनको पक्षमा बहुमत पुग्ने देखिन्छ । उनलाई एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र जनमत पार्टीका ६ जना सांसदको समर्थन छ ।

प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्ने निर्देशन दिएको थियो । सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ