arrow

आँधीखोला गाउँपालिका वडा नं. २ नयाँ भवनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
Ward bhawan.jpg

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं २ को नवनिर्मित वडा कार्यालय भवन शुभारम्भ भएको छ । उक्त भवन गण्डकी प्रदेश सभा सदस्य सुधीर कुमार पौडेलले शुभारम्भ गरे ।

वडा कार्यालय भवन निर्माणका लागि एक करोड ८८ लाख रुपैयाँको लागत अनुमान गरी टेन्डर गरिएकोमा ठेक्का घटेर एक करोड ३९ लाख १२ हजार १३१ रुपैयाँमा खर्च भएको बताइन्छ ।

श्री विवेक एण्ड कुवेर, श्री विद्यामोहन जेभी स्याङ्जाले निर्माण कार्यको जिम्मा पाएको थियो । २०७८ साल साउन ४ गते सम्झौता भइ २०७९ कार्तिक १३ गते सम्पन्न भएको वडा कार्यालय भवनमा पाँच वटा कोठासहित एउटा हल रहेको पालिकाले जनाएको छ ।

कार्यक्रममा सांसद पौडेलले कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको बताए ।

“जनप्रतिनिधि केही समयका लागि हुन् । व्यवस्थित संरचनाबाट गुणस्तरीय र प्रविधिमैत्री सेवा दिएर जनतालाई सहज बनाउनु आजको आवश्यकता हो”, पौडेलले बताए ।

गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले हालसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि, पर्यटन, श्रम तथा रोजगार, लगायतका अन्य क्षेत्रहरूमा गरिएका कामबारे जानकारी गराए ।

वडाध्यक्ष कमल प्रसाद पौडेलको अध्यक्षता भएको कार्यक्रममा गाउँपालिकाका सबईन्जिनियर सुन्दर पौडेलले पनि बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ