गुगलको अभिभावक कम्पनी अल्फाबेटले गर्यो १२ हजार कर्मचारी कटौती
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ६ शुक्रबार
1.5k
Shares
काठमाडौं । गुगलको अभिभावक कम्पनी अल्फाबेट इंकले लगभग १२, ००० कर्मचारीहरु अथवा यसको कुल कर्मचारीको ६ प्रतिशत कटौती गर्ने भएको छ । अमेरिकी प्रविधि क्षेत्रमा भइरहेको कर्मचारी कटौतीको यो पछिल्लो श्रृखलामा कम्पनीले शुक्रबार यस्तो घोषणा गरेको हो ।
अल्फाबेटका सीईओ सुन्दर पिचाईले रोयटर्ससँग सार्वजनिक गरेको स्टाफ मेमोमा भनेका छन् कि कम्पनीले हालैका वर्षहरूमा 'आज हामीले सामना गरेको भन्दा फरक आर्थिक वास्तविकताको लागि' द्रुत रूपमा हेडकाउन्ट विस्तार अर्थात् कर्मचारी थपेको थियो ।
अल्फाबेटको कर्मचारी कटौती रिर्कुटिङ, कर्पाेरेकट, ईन्जिनियरिङ् र प्रडक्टतर्फ हुने बताइएको छ। यो कटौती विश्वभरका कार्यालयमा भइरहेको हो र अमेरिकामा भने तुरुन्तै लागु हुने बताइएको छ।
'अल्फाबेटले प्रभावित कर्मचारीहरूलाई पहिले नै इमेल गरिसकेको,' मेमोमा भनिएको छ, 'जबकि स्थानीय रोजगार कानून र अभ्यासहरूका कारण अन्य देशहरूमा प्रक्रिया लामो समय लाग्ने' बताइएको छ।