arrow

मोबाइल बैङ्किङप्रति सेवाग्राहीको आकर्षण बढ्दो

क्युआरबाट मात्र हरेक महिना २० अर्बको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ६ शुक्रबार
mobile.jpg

मङ्गलवारे। पछिल्लो समय मोबाइल बैङ्किङप्रति सेवाग्राहीको आकर्षण बढ्न थालेको छ। बैङ्कमा गएर पैसा निकाल्नेभन्दा मोबाइल बैङ्किङबाट नै भुक्तानी गर्नेको सङ्ख्या बढेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । 

नेपाल राष्ट्र बैङ्कले इलाममा शुक्रवार आयोजना गरेको डिजिटल बैङ्किङ साक्षरता कार्यक्रममा मोबाइल बैङ्किङ, वालेट, क्युआर कोड प्रयोग गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको जानकारी दिइएको हो । सो अवसरमा नेपाल राष्ट्र बैङ्कका सहायक निर्देशक प्रकाश राईका अनुसार १८ लाख जनाले डिजिटल बैङ्किङ प्रयोग गर्ने गरेको बताए । त्यस्तै एक करोड ५५ लाख जनाले वालेट प्रयोग गर्ने गरेका छन् । क्युआरबाट मात्र हरेक महिना २० अर्बको कारोबार हुने गरेको छ । 

इन्टरनेट वालेट सञ्चालनका लागि २७ वटा कम्पनीले अनुमति पाएका छन् । सबै हाल सञ्चालनमा नरहेको सहायक कार्यकारी निर्देशक राईले बताए । वार्षिक रूपमा इन्टरनेटबाट कारोबार गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो समय इन्टरनेटबाट नै रकम कारोबार गर्ने बढे पनि यसमा चुनौती बढेको सहभागीको भनाइ छ । यसले नियामक निकायलाई चुनौती बढेको भन्दै सजग भएर प्रविधिको प्रयोग गर्न सेवाग्राहीलाई आग्रह गरिएको छ । 

नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक भगवत आचार्यले सो अवसरमा एक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले पछिल्लो समय प्रविधिबाट कारोबार गर्ने बढे पनि झुक्क्याएर रकम निकाल्ने गिरोह सक्रिय रहेको बताए । उनले विद्युतीय  माध्यमबाट कारोबार बढेपछि देशलाई फाइदा मिल्ने उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ