- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। प्रतिनिधि सभाको उपसभामुखका लागि आज हुने निर्वाचनमा आफ्नो उम्मेदवारलाई मत दिन नेपाली कांग्रेसले ह्विप जारी गरेको छ ।कांग्रेसले उपसभामुखमा मुक्ताकुमारी यादवलाई मतदान गर्न सांसदलाई ह्विप जारी गरेको हो ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले उपसभामुखको निर्वाचनमा कांग्रेसका सांसदलाई अनिवार्य उपस्थित भएर यादवको पक्षमा मतदान गर्न शुक्रबार ह्विप जारी गरेका हुन् ।
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ ।