arrow

अष्ट्रेलियन डेन्टेड कोड एकेडेमीले नेपालमा दिन थाल्यो '६ महिने सफ्टवयर डेभलपमेन्ट ट्रेनिङ'

विदेश जाने विद्यार्थी र आईटीमा भविष्य बनाउन चाहनेप्रति लक्षित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ७ शनिबार
dented-code-academy.jpg

काठमाडौं । अष्ट्रेलिया आधारित डेन्टेड कोड एकेडेमीले नेपालमा पनि सफ्टवयर एवं वेब डेभलपमेन्ट 'बुटक्याम्प' सुरु गरेको छ । डेन्टेड कोड एकेडेमीले रोजगारी उपलब्ध गराउने गरी छ महिनाको फुल-स्ट्याक डेभलपमेन्ट र करिब तीन महिनाको वेभ डेभलपमेन्ट ट्रेनिंग दिँदै आएको छ ।

खास गरी आईटीबाट ग्र्याजुएट भएका, अन्य संकायबाट ग्र्याजुएट भए पनि आईटीमा भविष्य बनाउन चाहेका, सफ्टवयर डेभलपर वा वेभ डेपलपर बन्न चाहने जोसुकै नेपालीलाई लक्षित गर्दै एकेडेमी सञ्चालनमा ल्याएको डेन्टेड कोड एकेडेमीका सीईओ प्रेम आचार्यले बताएका  छन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै डेन्टेड कोड(Dentedcode.com)ले नेपालमा पनि बुटक्याम्प सुरु गरेको हो ।

डेन्टेड कोड एकेडेमीले अष्ट्रेलियामा रहेका नेपाली आप्रवासी वा नेपाली समुदायका विद्यार्थी एवं इच्छुक सबैलाई सस्तोमा 'फूल स्किल्ड सफ्टवयर डेभलपर' बनाएर रोजगारी उपलब्ध गराउँदै आएको छ । 

'हामीले अष्ट्रेलियाको आप्रवासी समुदायमा सबैभन्दा अब्बल नेपाली समुदायलाई बनाउने लक्ष्य राखेका छौं र नेपालमै बसेर पनि विदेशी कम्पनीहरुमा रिमोट काम गर्न सक्ने सक्षम जनशक्ति तयार पार्ने उद्देश्य राखेका छौं,' सफ्टवयर इन्जिनियर समेत रहेका डेन्टेड कोडका सीईओ आचार्यले भनेका छन्।

विद्यार्थी भिसामा विदेश जाँदा भोग्नु पर्ने दुख र जस्तो सुकै काम समेत गर्न बाध्य पर्ने स्थितीमा डेन्टेड कोड एकेडेमीले आईटीमा भविष्य बनाउन चाहनेहरुलाई मेन्टरसिप एवं ट्रेनिंग दिँदै एउटा सक्षम सफ्टवयर इन्जिनियर बनाएर रोजगारी पाउन सक्षम बनाउने उद्देश्य राखेको छ ।

विद्यार्थी भिसामा जाने विद्यार्थीहरुले काम नपाउने, जस्तो सुकै काम गर्नुपर्ने पढाईको तनाव, भविष्यको तनाव जस्ता उतारचढावमा पुगेर आफ्नो भविष्य नै लाथलिंग हुने स्थितीमा पुग्ने गरेको तितो यथार्थलाई बुझेर डेन्टेड कोड एकेडेमीले ६ महिनामै एउटा सक्षम फुल स्ट्याक डेभलपर बनाउँदै आईटी क्षेत्रमा विभिन्न किसिमका रोजगारी प्राप्त गर्न सक्ने गरी र रोजगारी नपाउँदासम्म देखि जिवनभर सर्पोट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

विदेश जानुअघि वारिष्टाको विकल्प सफ्टवयर इन्जिनियर

डेन्टेड कोड एकेडेमीले विदेश जानु अघि नै कुनै पनि नेपाली विद्यार्थीलाई आईटी क्षेत्रमा रोजगारी पाउन सक्षम बनाउने उद्देश्यले अष्ट्रेलियामा दिइरहेको सेवा नेपालमा पनि विस्तार गरेको हो । वर्तमान र भविष्य प्रविधि क्षेत्रमा तीव्र गतीले अघि बढी रहेका बेला आईटीमा रोजगारी पाउने सम्भावना अन्य क्षेत्र भन्दा बढ्दै गएको छ ।

यस्तोमा कुनै पनि नेपाली विद्यार्थी विदेश जानुअघि वारिष्ठा सिक्ने चलनसँग अब, विदेश जानुअघि एउटा स्किल्ड सफ्टवयर डेभलपर बनेर जाने ट्रेनिंग डेन्टेड कोडले दिने भएको हो । 

विद्यार्थी भिसामा विदेश जान चाहने कुनै पनि नेपाली विद्यार्थीले  ६ महिनाको 'फुल स्ट्याक डेभलपर' वा ३ महिनाको 'वेब डेभलपर'को ट्रेनिंग डेन्टेड कोडबाट लिनसक्ने छन् जसले, उनीहरुलाई विदेशमा सहजै रोजगारी उपलब्ध हुने र रोजगारी उपलब्ध गराउन आफुले निरन्तर मद्दत गर्ने डेन्टेड कोडले जनाएको छ ।

नेपालमै बसेर विदेशी प्राजेक्टमा काम गर्न सकिने

फुल स्ट्याक डेभलपर अथवा एउटा सक्षम सफ्टवयर इन्जिनियर बनिसकेपछि नेपालमै बसेर पनि रिमोट तरिकाले विभिन्न विदेशी कम्पनीका प्रोजेक्टहरुमा काम गरेर डलरमै पैंसा कमाउन सकुन भन्ने ल्यले पनि नेपालमा सेवा विस्तार गरेको डेन्टेड एकेडेमीका सफ्टवयर इन्जिनियर मदनमणी अधिकारीले बताए ।

'अहिले नै पनि मैले देखे नेपालमै बसेर केही युवाहरुले आईटी क्षेत्रका विभिन्न प्राजेक्टहरुमा रिमोट काम गरेर विदेशी मुद्रा आर्जन गरिरहेका रहेछन्, डेन्टेड एकेडेमीले यसै किसिमले सक्षम बनाउने गरी, नेपालबाटै विदेशी कम्पनीहरुमा काम गर्न सक्ने गरी सफ्टवयर इन्जिनियरको तालिम दिन थालेको हो,' उनले भने ।

डेन्टेड कोडको बुटक्याम्पमार्फत सफ्टवयर इन्जिनियर वा वेब डेभलपरको कार्सपछि नेपालमा आईटी क्षेत्रमा सफ्वयर, एप वा वेब डेपलपमेन्ट क्षेत्रमा आफ्नै काम सुरु गर्न सकिने या अन्य कुनै आईटी कम्पनीमा रोजगारी पाउन सकिने एकेडेमीले जनाएको छ ।

यसबाहेक यो ट्रेनिंग लिएर विदेश जाने विद्यार्थीहरुले त्यहाँ सजिलै कुनै पनि आईटी कम्पनीमा आफ्नो रोजगारी सुरुवात गर्न सक्ने साथसाथै अन्य क्षेत्रमा भएर आईटीमा भविष्य बनाउन चाहने वा आफ्नै केही प्रडक्टहरु लञ्च गर्न चाहनेले समेत यो ट्रेनिंग लिन सक्ने डेन्टेड कोड एकेडेमीको भनाइ छ ।

अब्बल जनशक्ति उत्पादनको लक्ष्य

पछिल्लो समय युट्युबमा वा विभिन्न वेबसाइट एवं एपहरुमा पनि यसका किसिमका ट्रेनिंगहरु उपलब्ध रहेका छन् । तर, यस्ता स्रोतहरुबाट आफैले घरमा बसेर ट्रेनिंग लिँदा कयौं कुरा सिक्न नसकिने स्थिती रहन्छ, एउटा संरचनात्मक सिकाई हुन कठिन हुन्छ, कुनै किसिमको प्रमाण पत्र प्राप्त गर्न पनि जटिल हुन्छ भने, आफ्नो लापरबाही र डिस्ट्र्याक्सनले आफु एक सक्षम सफ्टवयर इन्जिनियर वा आईटी प्रोफेसनल बनेर बजारमा निश्किन वास्तवममै जटिल हुन्छ ।

यस्तो अवस्थामा अष्ट्रेलियामा त्यहाँ लिन सकिने फुल स्ट्याक डेभलपमेन्टको कोर्स भन्दा निकै सस्तोमा डेन्टेड कोडले उपलब्ध गराइरहेको बताएको छ ।

नेपालमा पनि यस फुल स्ट्याक डेभलपमेन्ट र वेब डेभलपमेन्टकाे ट्रेनिंग अथवा बुटक्याम्पबाट एउटा अन्तर्राष्ट्रिय स्तरको सक्षम आईटी प्रोफेसनल, सफ्टवयर इन्जिनियर एवं वेभ डेभलपर उत्पादन गर्ने लक्ष्य रहेको डेन्टेड कोडले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ