arrow

बाबुरामलाई मिलाउने तयारी, माओवादीले डाक्यो बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ८ आइतबार
Prachanda-Baburam.jpg

काठमाडौँ । माओवादी र पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेका डा. बाबुराम भट्टराई मिल्ने तयारीमा छन् । लडाकु व्यवस्थापन गर्ने बेलामा प्रचण्डसहितका नेताहरूले अर्बौँ भ्रष्टाचार गरेको आरोप लगाउँदै माओवादी छाडेको सात वर्षपछि डा. भट्टराई माओवादीमा  समाहित हुँदै छन् ।

 भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँग एकीकरणका बारेमा छलफल गर्नका लागि माओवादीले  केन्द्रीय समिति बैठक बोलाइएको छ । माओवादी केन्द्रले १५ माघमा केन्द्रीय समिति बैठक डाकेको हो ।

माओवादीले  प्रचण्डपछिको दोस्रो वरीयतामा रहेर डा. बाबुरामले पार्टी काममा लगाउने गरी प्रक्रिया अघि बढाइसकेको छ ।  प्रचण्डपछिको दोस्रो वरीयता स्वीकार गरेर डा. भट्टराई माओवादीमा आउन राजी भएका छन् । एकताका लागि दुवै पार्टी गृहकार्यमा छन् ।

पछिल्लो समय बाबुरामले प्रचण्डलाई प्रतिनिधि सभाको निर्वाचनमा गोरखा छोडेका थिए । प्रचण्ड गोरखाबाट निर्वाचित भएर प्रधानमन्त्री बनेका छन् । सत्ता साझेदार दलमा पनि बाबुराम प्रचण्डसँगै देखिने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ