arrow

गण्डकीमा मन्त्रालयको संख्या सातमै झारिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
gandaki-blood.PNG

पोखरा । गण्डकी प्रदेशमा सात वटा मात्रै मन्त्रालय राखिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशका सत्तारुढ दलहरु र मन्त्रीहरुबीचमा छलफल गरेर मन्त्रालयको संख्या सात वटा मात्रै बनाउने निर्णय लिएका हुन् । 

मुख्यमन्त्री अधिकारीले शुक्रबार विज्ञहरुसँग मन्त्रालयको संख्याका विषयमा सुझाव लिएका थिए । मन्त्रालयको संख्या एकीन भएसंगै मन्त्रिपरिषद् विस्तारको तयारीमा मुख्यमन्त्री लागेका छन् ।

मन्त्रिपरिषद् विस्तारका लागि सोमबार बिहान सत्तारुढ दलको बैठक बस्ने तयारी भइरहेको सरकारका प्रवक्ता सीता सुन्दासले जानकारी दिइन् ।

मन्त्रालयको संख्याका विषयमा दलहरुबीच सहमति भएपछि यससम्बन्त्री निर्णय मन्त्रिपरिषद् बैठकले गरेपछि लागू हुनेछ ।

अब तत्कालै मन्त्रिपरिषद् बैठक राखेर मन्त्रालयको संख्याका विषयमा निर्णय गर्ने र मन्त्रिपरिषद् विस्तार गरिने उनले बताइन् ।

अधिकारीले मुख्यमन्त्रीमा नियुक्त भएकै दिनदेखि मन्त्रीपरिषद् सानो बनाउने बताउँदै आएका थिए । 

यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि मन्त्रालयको संख्या सात वटा नै बनाएका थिए । तत्कालीन नेकपा विभाजन भएपछि उनले नै मन्त्रालयको संख्या ११ पुर्याएका थिए ।

त्यसपछि मुख्यमन्त्री बनेका कृष्णचन्द्र पोखरेलले भागवण्डा मिलाउन मन्त्रालयको संख्या १२ पुर्याएका थिए । मन्त्रालयको संख्या बढेसंगै व्यापक आलोचना भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ