arrow

सभामुख बनेपछि पहिलो पटक बालुवाटार पुगे घिमिरे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
prachanda-devraj.jpg

काठमाडौं । सभामुखमा निर्वाचित भएपछि पहिलो पटक देवराज घिमिरे बालुवाटार पुगेका छन् । सत्ता साझेदार दलको समर्थनमा सभामुख बनेका घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेका छन् ।

आज बिहान भएको सो भेटमा उनीहरुबीच समसामयिक विषयमा छलफल भएको थियो । नेकपा (एमाले)का सांसद घिमिरे यही माघ ५ गते सत्ता साझेदार दलको समर्थनमा सभामुख पदमा निर्वाचित भएका थिए ।

उनी नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत राजनीतिक दलले समर्थनमा सभामुख बनेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ