arrow

इरानद्वारा दक्षिण कोरियालाई रोक्का गरिएको आफ्नो सम्पत्ति फिर्ता गर्न आग्रह

logo
सिन्ह्वा,
प्रकाशित २०७९ माघ ९ सोमबार
south-korea-iran-flag.jpg
फाइल तस्बिर

तेहरान। इरानले आइतबार दक्षिण कोरियालाई आफ्नो रोक्का गरिएको सम्पत्ति फिर्ता गर्न आग्रह गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले साप्ताहिक पत्रकार सम्मेलनमा आफ्नो सम्पत्ति यथाशीघ्र खुला गरिदिन आग्रह गरेका छन्। 

दुई वटा दक्षिण कोरियाली बैङ्कहरूमा  इरानको सात बिलियन डलरभन्दा बढीको कोष छ। यद्यपि हाल इरानले यसको उपयोग गर्न पाएको छैन। दक्षिण कोरियाका बैङ्कहरू र अधिकारीहरूले सम्भावित अमेरिकी जरिवानाको डरले इरानी सम्पत्ति फुक्का गर्न सकिरहेका छैनन्।

सन् २०१८ अघि दक्षिण कोरिया इरानको कच्चा तेलको सबैभन्दा ठूलो ग्राहक थियो।  वाशिङ्गटनले इरान र विश्व शक्तिहरू बीचको सन् २०१५ को आणविक सम्झौताबाट बाहिर निस्क्यो र तेहरानमा आफ्नो एकपक्षीय प्रतिबन्धहरू पुनः लागू गर्‍यो।

दक्षिण कोरियाली सरकारले अहिलेसम्म अमेरिकी प्रतिबन्धहरूको अधीनमा नभएका इरानी सम्पत्तिहरू जसलाई आफ्ना बैङ्कहरूमा जम्मा गरिएको छ। त्यसलाई फुक्का गर्न अस्वीकार गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ