arrow

मन्त्रिपरिषद् विस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १० मंगलबार
Gandaki minister.jpg

पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरी कार्यविभाजन गरिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले आज तीन मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार तथा यसअघि नियुक्त मन्त्रीको कार्यविभाजन गरेका छन् । 

नेकपा (एमाले) का दुई र नेकपा(माओवादी केन्द्र) का एक मन्त्री थपिएका हुन् । यससँगै गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ ।

मुख्यमन्त्री अधिकारीले नेकपा (एमाले) बाट रोशनबहादुर गाहा आन्तरिक मामिला तथा कानुनमन्त्री र बेदबहादुर गुरुङलाई कृषि, ऊर्जा र जलस्रोतमन्त्रीमा नियुक्त गरे । यसैगरी माओवादीबाट रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसअघि मन्त्री नियुक्त भएका माओवादीका हरिबहादुर चुमानले भौतिक, पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 यसैगरी नेकपा(एमाले) का सीताकुमारी सुन्दास आर्थिक मामिला र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्यमन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरुले आजै साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।

गण्डकीमा यसअघि १२ मन्त्रालय रहेकामा मन्त्रालय संख्या घटाएर सातमा झारिएको छ ।

मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन तोक्नुअघि प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौँमा परामर्श गरेका थिए ।

अधिकारी गत पुस २५ गते गण्डकीको मुख्यमन्त्री नियुक्त भएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ