arrow
ADVERTISEMENT

रविको मुद्दामा सुनुवाइ आज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
rabi-lamichhane-rsp-parliament-home-minister.jpg

काठमाडौँ । दोहोरो नागरिकता र पासपोर्ट प्रयोग गरेको आरोप लागेका गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज सार्वोच्च अदालतमा पूर्ण सुनुवाइ हुँदै छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले आज माघ ११ गते पूर्ण सुनुवाइ तोकेको छ ।

सोही नागरिकता विवादबारे संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै छ । लामिछानेबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको फायल सर्वोच्च अदालतले झिकाएको छ । त्यस्तै आवश्यक कागजात आज अदालतमा पेश हुँदै छ ।

लामिछानेले सन् २०१४ मा अमेरिकाको नागरिकता र पासपोर्ट लिएका थिए । विदेशी नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः बदर हुने नागरिकता ऐनको प्रावधान छ । तर उनले सन् २०१८ मा जिल्ला प्रशासन कार्यालयलाई अमेरिकी नागरिकता त्याग गरेको जानकारी गराएपछि नयाँ नागरिकता नलिएर पुरानै खारेज भइसकेकै नागरिकता प्रयोग गरेको भन्दै उनी विरुद्ध उजुरी परेको छ  ।

उजुरीमा नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१) अन्तर्गत कुनै पनि नेपाली नागरिकले विदेशी नागरिकता लिएको अवस्थामा नेपालको नागरिकता स्वतः समाप्त हुने व्यवस्था रहेकाले लामिछानेको नागरिकता पनि स्वतः खारेज हुनुपर्ने दाबी गरिएको छ ।

लामिछानेको नागरिकताको वैधतामाथि प्रश्न उठाउँदै उनको उम्मेदवारी खारेजीको मागसहित सबैभन्दा शुरुमा निर्वाचन आयोगमा उजुरी परेको थियो । ३० कात्तिकमा उजुरीका आधारमा आयोगले सात दिनको समय दिएर उनलाई स्पष्टीकरण सोधेको थियो ।

चितवन २ बाट उम्मेदवारी दिएका उनले सातौँ दिन मात्रै आयोगमा स्पष्टीकरण बुझाए । आयोगले निर्वाचन परिणाम आइसकेको र जाँचबुझको समय घर्किसकेकाले केही गर्नु नपर्ने भन्दै उनीमाथिको उजुरीलाई तामेलीमा राख्ने निर्णय गरेपछि फेरि यही विषयलाई लिएर गृह मन्त्रालयमा उजुरी परेको थियो ।

त्यसपछि मङ्सिरको तेस्रो साता गृहले जिल्ला प्रशासन कार्यालय काठमाडौं हुँदै जिल्ला प्रहरी परिसर काठमाडौंलाई उनको नागरिकता विवादमाथि छानबिन गर्न पत्राचार गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ