arrow

अमेरिकामा मङ्गलवार अर्को गोलीकाण्ड, तीन जनाको हत्या

logo
रासस-सिन्ह्वा
प्रकाशित २०७९ माघ ११ बुधबार
us-gun-shooting-california.jpg
फाइल तस्विर।

सान फ्रान्सिस्को। अमेरिकामा मङ्गलवार पनि अर्को गोलीकाण्ड भएको छ । यहाँका एकजनाले गोली हानेर तीन जनाको हत्या गरेको समाचारमा जनाइएको छ ।एक पसलमा गोली हानेर ती व्यक्तिले तीन जनाको हत्या गरेको समाचारमा जनाइएको छ । अमेरिकाको वासिङटन राज्यको याकिमामा रहेको सो पसलमा  एकजना व्यक्तिले गोली प्रहार गरेका थिए ।

गोली प्रहार गर्नुअघि सो पसलमा कुनै पनि विवाद नदेखिएको तर अकस्मात् गोली हानेर पसलमा रहेका तीन जनाको हत्या गरेको पसलमा उपलब्ध सिसी क्यामेराका फुटेजमा देखिएको प्रहरीले बताएको छ ।  पसलमा आएका व्यक्ति यसो यताउता गरेको र पछि आफ्नो साथमा रहेको गोली झिकेर अकस्मात् प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ।

गोली प्रहार गरेपछि सो व्यक्ति कार चलाएर गएको प्रहरीको भनाई छ । केही दिनमात्र अघि अमेरिकाको क्यालिफोर्नियामा भएको यस्तै अर्को एक गोलीकाण्डमा परेर १० जनाको ज्यान गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ