- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ (ख) का सचिव एवं पोखरा महानगरपालिका वडा नं. ४ का निवर्तमान वडा सदस्य सुवर्णजंग केसीलाई पितृशोक परेको छ । उनका पिता एवं नेपाली कांग्रेसका पूराना नेता तर्कबहादुर केसीको मंगलबार निधन भएको हो ।
मतिष्कघातबाट पीडित केसीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो ।
वि.सं. २००१ सालमा जन्मिएका केसीका श्रीमती पूर्णमाया, एक छोरा सुवर्णजंग र पाँच छोरीहरु सरस्वती, पार्वती, लक्ष्मी, शुष्मा र शिलु छन् । पाँच छोरीमध्ये शुष्माको यसअघि नै निधन भइसकेको छ ।
स्व. केसीको अन्त्येष्टि आज बिहान गरिएको छ । उनको पार्थिव शरीरमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, पूर्वसभापति शोभियतबहादुर अधिकारी, पोखरा-४ का वडा सभापति गोविन्द पराजुली लगायतले कांग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
यसैगरी केसीको निधनप्रति पोखरा महानरपालिका वडा नं. ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले दुःख व्यक्त गरेका छन् । केसीको निधनले वडा र नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको उनले उल्लेख गरे ।
वडाध्यक्ष पराजुलीले भनेका छन्, ‘नेपाली कांग्रेसका पूर्व नगर सल्लाहकार तथा वडाका अग्रज व्यक्तित्व केसीको निधनले म निकै मर्माहत एवं स्तव्ध भएको छु ।’