arrow

पोखरामा सवारी दुर्घटना, अधिकारीको मत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
Accident-sign.jpg

पोखरा । पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ३३ चौगादीका ६३ वर्षका नलप्रसाद लामिछाने रहेका छन् । 

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरीका अनुसार आज बिहान ११ः१५ बजे चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग१त ६६६४ नम्बरको ट्याक्टरले पोखरा-३३ चुवादीको भित्रि सडकमा अधिकारीलाई किचेको थियो । 

सो दुर्घटनामा गम्भीर घाइते अधिकारीलाई तत्कालै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक चौधरीले जानकारी दिए । 

ट्याक्टर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ