arrow

हेर्दाहेर्दैमा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
ravi-lamichhane-home-minister-2079-09-11.jpg

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधवारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो। 

उनको मुद्दाको अर्को सुनुवाइ शुक्रवार हुने भएको छ। बुधवारको इजलासमा लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा रहेको छ।

सर्वोच्च अदालतमा  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ जारी रहेको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा  सुनुवाइ जारी रहेको छ।

सोही नागरिकता विवादबारे संवैधानिक इजलासमा आज सुनुवाइ जारी रहेको छ । लामिछानेबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको फाइल सर्वोच्च अदालतले झिकाएको छ । त्यस्तै आवश्यक कागजात आज अदालतमा पेश हुँदै छ ।

लामिछानेले सन् २०१४ मा अमेरिकाको नागरिकता र पासपोर्ट लिएका थिए । विदेशी नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः बदर हुने नागरिकता ऐनको प्रावधान छ । तर उनले सन् २०१८ मा जिल्ला प्रशासन कार्यालयलाई अमेरिकी नागरिकता त्याग गरेको जानकारी गराएपछि नयाँ नागरिकता नलिएर पुरानै खारेज भइसकेकै नागरिकता प्रयोग गरेको भन्दै उनी विरुद्ध उजुरी परेको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ