-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. २० घर भएका सुजन गुरुङ रहेका छन् ।
पोखरा महानगरपालिका वडा नं.१७ शितलपथमा मंगलबार चेकजाँच गर्नेक्रममा चेकजाँच गर्नेक्रममा उनी पक्राउ परेका हुन् ।
उनको साथबाट लागू औषध डाईजापाम १०० एम्पुल, फेनेरागन ९५ एम्पुल र नुर्फिन ९५ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।
उनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा दिन १५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।