arrow

लागुऔषधसहित पोखराका सुजन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
Sujan Gurung.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. २० घर भएका सुजन गुरुङ रहेका छन् । 

पोखरा महानगरपालिका वडा नं.१७ शितलपथमा मंगलबार चेकजाँच गर्नेक्रममा चेकजाँच गर्नेक्रममा उनी पक्राउ परेका हुन् ।

उनको साथबाट लागू औषध डाईजापाम १०० एम्पुल, फेनेरागन ९५ एम्पुल र नुर्फिन ९५ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । 

उनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा दिन १५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ