arrow

राष्ट्रियसभाको उपनिर्वाचन

सत्तापक्ष गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले दियो छुट्टै उम्मेदवारी

उपनिर्वाचनका तीन जनाले गराए उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १२ बिहिबार
parliament-house.jpg

लुम्बिनी ।  एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुदैछ ।

उपनिर्वाचनका लागि माघको २५ गते घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । 

राष्ट्रियसभाको उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशबाट  तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । सत्तापक्ष गठबन्धनमै रहे पनि नागरिक उन्मुक्ति पार्टीले छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।

सत्तागठबन्धनबाट नेकपा (एमाले)का कुमार दसौँदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराएको मुख्य  निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

रोल्पा निवासी दसौदी एमालेका केन्द्रीय सदस्य हुन् भने नेपाली कांग्रेसका उम्मेदवार आचार्य रोल्पाका पूर्वजिल्ला सभापति छन् । चार दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय आचार्य पार्टीमा  महासमिति सदस्य छन् । 

लुम्बिनी प्रदेशमा कूल मतदाता सङ्ख्या तीन सय पाँच छ । जसमध्ये प्रदेश सांसदको सङ्ख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको सङ्ख्या दुई सय १८ रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । प्रदेशका एक सय नौ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ ।

त्यसैगरी एमालेले २७, माओवादीले २५, जसपाले तीन, जनमोर्चा र लोसपाले दुई-दुई, राप्रपा र जनता प्रगतिशीलले एक-एक स्थानमा जितेका छन् । त्यस्तै प्रदेशमा ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले चार-चार, जसपा, लोसपा र जनमतले तीन-तीन, जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)ले एक-एक र स्वतन्त्रबाट दुई निर्वाचित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ