arrow

नबिल बैङ्कका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
nabil-cg-electronics-MOU.jpg

काठमाडौँ। नबिल बैङ्क लिमिटेडले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ। आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो।

अब नबिल बैङ्कका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट इलेकट्रोनिक सामाग्री खरिदमा २० प्रतिशत अग्रिम छुट पाउने भएका छन् ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको बैङ्कले यस्ता प्रकारका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ । डिजिटल कारोबारमा छुटको व्यवस्थाले नबिल बैङ्कका ग्राहकलाई थप सहज हुने बैङ्कका खुद्रा कारोबार प्रमुख निरज शर्माले बताए ।

यस्तो सुविधा लिनको लागि नबिल बैङ्कको कार्ड आवश्यक पर्नेछ । यो सुविधा सीमित अवधिको लागि दिएको नबिलले जनाएको छ ।

नबिल बैङ्कका देशभर २ सय ४० शाखा र २ सय ८० एटिएम सञ्जाल छन् । नबिल बैङ्क नयाँ प्रविधि अपनाउने र नवीनतम उत्पादन तथा सेवाहरू लिएको छ। बैङ्कले देशको पहिलो डिजिटल बैङ्क बन्ने लक्ष्य लिएको छ र नबिल डिजिटल बैङ्किङ कारोबारलाई प्राथमिकता दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ