arrow

कास्कीको सुपर मादी हाइड्रोपावरको कार्यालयमा तालाबन्दी, काम ठप्प

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १२ बिहिबार
super madi.jpg

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङस्थित निर्माणाधीन सुपर मादी हाइड्रोपावर लिमिटेडको कार्यालयमा बुधबारदेखि तालाबन्दी गरिएको छ ।

विगतमा भएका सम्झौताहरु कार्यान्वयन नभएको भन्दै ताङतिङ युवा क्लव र मादी नदी सरोकार समितिले हाइड्रोपावरको कार्यालयमा तालाबन्दी गरेको हो । 

सम्झौता कार्यान्वयन र स्थानीय पीडितले राखेका मागहरु पूरा नभएसम्म तालाबन्दी कायम रहने मादी नदी सरोकार समिति नामार्जुङले जनाएको छ । 

विगतमा भएका सम्झौताहरु कार्यान्वयन नभएसम्म हाइड्रोपावरको कार्यालय र कामकाज पनि ठप्प बनाइने ताङतिङ परिस्थिति समितिका अध्यक्ष डिलबहादुर गुरुङले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ