arrow

‘सुशासन’ भाषण र नारामा सीमित नराखौं, काम गरौं : मुख्यमन्त्री अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १२ बिहिबार
Khagraj Adhikari.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सीमित नराखि काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । 

पूँजीगत खर्च बढाउन, चालु खर्च घटाउन, अनावश्यक चालु खर्च घटाई पूँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्नसमेत मुख्यमन्त्री अधिकारीले निर्देशन दिए ।

मुख्यमन्त्री र मन्त्रीहरुमाँझ प्रस्तुत भएको मन्त्रालयगत ब्रिफिङमा मुख्यमन्त्री अधिकारीले आर्थिक ऐन, नियम तथा कार्यविधिहरुको पूर्ण पालना गरी पुराना बेरुजुहरु फछ्यौट गर्नुपर्ने आवश्यकता औंल्याए । 

उनले नयाँ बेरुजु हुन नदिने तर्फ विशेष पहल गर्न र प्रदेश गौरवका आयोजना सम्पन्न गराउन जिम्मेवारीका साथ लाग्न आग्रह गरे ।

उनले भने, ‘नेपालको संविधानको भावना अनुसार जनताको सर्वोपरिहित सम्बोधन हुनेगरी प्रदेश सरकार सञ्चालन गर्ने विषयमा गण्डकी प्रदेश सरकारले नेतृत्तदायी र उदाहरणीय काम गर्ने प्रयास गरेको छ । यसमा हामी सबै जिम्मेवाररूपमा प्रस्तुत हुन सक्नुपर्दछ ।’

विकास आयोजनाहरुलाई गरिबी हटाउँदै समृद्धिको आधारको रुपमा सञ्चालन गर्न आयोजनाको प्राथमिकीकरण गरी तहगत सरकारका आयोजना र कार्यक्रमसँग दोहोरोपना नुहने गरी मात्र कार्य अघि बढाउनसमेत मुख्यमन्त्री अधिकारीले निर्देशन दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ