arrow

आज पनि माओवादीको बैठक, राष्ट्रपतिका विषयमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १३ शुक्रबार
maobadi-kendra-meeting-2079-05-04.jpg

काठमाडौं । बिहीबारदेखि शुरु भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बस्ने बैठक आज ११ बजे पुनः बस्ने भएको हो ।

आजको बैठकमा राष्ट्रपति निर्वाचनका बारे पनि बैठकमा छलफल हुने बताइएको छ । राष्ट्रपति निर्वाचनमा एमालेले राष्ट्रपतिको उम्मेदवार सहमतिमा बनाउने कोसिस गरिरहेको छ । सत्ता साझेदार दलबीच राष्ट्रपति एमालेलाई दिने सहमति रहेको छ । तर एमालेबाट राष्ट्रपति बने आफू दबाबमा रहने माओवादीको ठहर छ । आज राष्ट्रपतिको निर्वाचनको सम्बन्धमा छलफल हुने उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।

हिजोको स्थायी कमिटीको बैठकमा पार्टी एकता, सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल भएको छ । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समसामयिक विषयमा संक्षिप्त लिखित प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा अध्यक्ष दाहालले सरकार बन्नुभन्दा पहिला सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, निर्वाचनपछिको समग्र पार्टीको अवस्था, सरकार निर्माणका क्रममा भएको गठबन्धन निर्माण, सरकारको गतिविधिलगायतका विषयमा ब्रिफिङ गरेका थिए ।

त्यसैगरी बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य लाभको कामना गर्दै पोखरामा भएको यती एयरलाइन्सको हवाई दुर्घटनामा परी मृत्यु हुनेका परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ