arrow

मन्त्री भएको खुसीयालीमा एमाले कार्यकर्ताले गरे दीप प्रज्वलन

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७९ माघ १३ शुक्रबार
mugeli.jpg

मुगु । मुगुबाट कणाली प्रदेशसभा सदस्यमा निर्वाचित आफ्ना सांसद मन्त्री भएको खुसीयालीमा कार्यकर्ताहरूले दीप प्रज्वलन गरेका छन् । बुधबार कणाली प्रदेश सरकारका मुख्यमन्त्री राज बहादुर शर्माले सरकार विस्तार गर्दा मुगु जिल्ला प्रदेश क्षेत्र नं १ बाट निर्वाचित जित बहादुर मल्ललाई मन्त्री बनेपछि बिहीबार साँझ नेकपा एमालेका जिल्ला कार्यकर्ताहरूले खुसीयाली स्वरूप जिल्ला सदरमुकाम गमगढीमा दीप प्रज्वलन गरेका हुन ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष समेत रहेका सांसद जित बहादुर मल्ल उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री नियुक्ति भएका थिए । मन्त्री वनेपछि नेकपा एमाले छायाँनाथ रारा नगरपालिका नगर कमिटीको आयोजनामा एमाले कार्यकर्ताहरूले दीप प्रज्वलन गरे ।

दीप प्रज्वलन कार्यक्रममा बोल्दै एमाले मुगुका सचिव डबल बहादुर रोकायाले दुर्गम पिछडिएको क्षेत्रका कार्यकर्ताहरूको मतलाई सम्मान गदै पाटीले प्रदेश मन्त्री बनाएको एमालेका कार्यकर्ता भएकोमा दुर्गमका कार्यकर्ताहरूमा गर्व लागेको र एमालेका उम्मेदवार भएर जिते पनि सांसद हुँदै मन्त्री भएकोले यी पद सबैका साझा भएकाले मन्त्री अवधिभर जिल्लामा दीर्घकालीन छाप पार्ने खालका विकास गर्न नवनियुक्त मन्त्री मल्ललाई सुझाव दिए।

मुख्यमन्त्री शर्माले सत्ता गठबन्धनमा रहेको एमालेबाट ३ जना र नेकपा माओवादी केन्द्रबाट १ राज्यमन्त्री ३ मन्त्री नियुक्त गरेका थिए । मुगुबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमालेबाट निर्वाचित मल्ल सहित माओवादीबाट निर्वाचित मङ्गल बहादुर शाही भौतिक,पूर्वाधार,ऊर्जा तथा जलस्रोत मन्त्री बनेका छन् । 

दुर्गम जिल्ला मुगुबाट एकै चोटि २ प्रमुख मन्त्रालयका मन्त्री बन्नु भएपछि जिल्लामा उद्योग,वन,वातावरण,पर्यटन,भौतिक पूर्वाधार,ऊर्जा र जलस्रोत क्षेत्रमा गुणात्मक,दीर्घकालीन प्रभाव पार्ने खालका विकास हुने र जनताको जनजीविकामा प्रभाव पाने विश्वास मुगालीहरुले लिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ