arrow

माओवादीको बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १३ शुक्रबार
maobadi-kendra-meeting-2079-05-04.jpg

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक पार्टी मुख्यालय पेरिसडाँडामा जारी  छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘पछिल्लो समसामयिक विषयमा सङ्क्षिप्त लिखित प्रतिवेदन’ माथि छलफल हुनेछ । 

बिहीबारदेखि शुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले प्रतिवेदन पेस गरेका थिए । आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ । 

बिहीबारको बैठकमा पार्टी एकता, सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल भएको थियो । 

बैठकमा अध्यक्ष दाहालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, निर्वाचनपछिको समग्र पार्टीको अवस्था, सरकार निर्माणका क्रममा गठन भएको गठबन्धन, सरकारको गतिविधिबारे ब्रिफिङ गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ