arrow
ADVERTISEMENT

रविको नागरिकता विवाद:

सर्वोच्चमा सुनुवाइ सकियो, निर्णय आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १३ शुक्रबार
ravi-lamichane-new-party-register-apply.jpg

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धी सर्वोच्च अदालतमा जारी अन्तिम सुनुवाइ सकिएको छ ।

आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नरेन्द्र गौतमसहित उनको विपक्षमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र रमण कर्ण बहस गरेका थिए ।

लामिछानेको विपक्षमा  वकालत गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रत्येक नागरिकलाई कानुनले समान रूपमा हेर्ने भन्दै इजलासले रवि लामिछाने सांसद सदस्य बन्न अयोग्य रहेको रिट जारी गर्नुपर्ने तर्क राखेका थिए ।

अब मुद्दामा निर्णय कहिले सुनाउने भन्ने  इजलासले तय गर्ने छ ।

अधिवक्ता रविराज बसौला,  युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए ।

नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको  छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ