arrow
ADVERTISEMENT

रविको गयो पद

चितवनमा उपनिर्वाचन गर्नुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १३ शुक्रबार
ravi-lamichhane-voting-2079.jpg

काठमाडौं ।  चितवन निर्वाचन क्षेत्र नं २ मा उपनिर्वाचन गर्नुपर्ने भएको छ । चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका अध्यक्ष  रवि लामिछानेको सांसद पद गएपछि सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको हो ।  

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका लामिछानेको सांसद पद नरहने फैसला गरेको छ । फैसलासँगै सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको हो । 

लामिछानेले ४९ हजार  २६४ मत ल्याइ सो क्षेत्रबाट निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत पाएका थिए । रवि मङ्सिर ४ को प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी हुने उम्मेदवार हुन् ।  अब उपनिर्वाचनका लागि निर्वाचन आयोगको सिफारिसमा सरकारले मिति तोक्ने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ