arrow

टाइगर कप भलिबलको उपाधि गण्डकीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १४ शनिबार
Tiger cup pokhara.jpg

पोखरा । पोखरामा सम्पन्न तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि गण्डकी प्रदेशले जितेको छ । पोखरा रंगशालाको कभर्ड हलमा आज भएको खेलमा सशस्त्र प्रहरीको एपीएफलाई ३-२ को सेटले हराउँदै गण्डकीले उपाधि जितेको हो ।

पहिलो सेटमा पराजित भएको गण्डकीले दोस्रो र तेस्रो सेट जित्यो । चौथो सेट एपीएफले जित्दा खेल २-२ सेटको रोमाञ्चक अवस्थामा पुग्यो ।

अन्तिम सेट १५-८ ले जित्दै गण्डकी उपाधि जित्न सफल भयो । उपाधिसँगै गण्डकीले पाँच लाख रुपैयाँ र उपविजेता बनेको एपीएफले साढे दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

यस प्रतियोगिताको महिलातर्फको उपाधि भने सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । त्रिभुवन आर्मी क्लवलाई ३-१ को सेटमा पन्छाउँदै एपीएफले उपाधि जितेको हो ।

यसैगरी पुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लवलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि जितेको छ । 



नयाँ